Chhetum Ko Mela

Chhetum Ko Mela

Night

154 views
Duration: 05:57

Night - Chhetum Ko Mela Lyrics:

तुसारो माथि धुमिन्छ कुहिरो

अँध्यारो ठाडो ठूलो भेग

अँध्यारो ठाडो ठूलो भेग

उँभौली याम पालुवा लाग्यो

आनन्द माथि लाग्यो मेघ

आनन्द माथि लाग्यो मेघ


जाऊँ जाऊँ दोभाने सँगी छेतुमको मेलैमा

कालुम्गेमुनि घाँसदुबो चउर औँसीको बेलैमा

जाऊँ जाऊँ दोभाने सँगी छेतुमको मेलैमा

कालुम्गेमुनि घाँसदुबो चउर औँसीको बेलैमा

औँसीको बेलैमा

सुन्तले छेउमा पानतले जङ्गल

गुँरासै फुल्यो वन रातै

ख्यालठट्टा हाँसो बसिगो यो दिल

सम्झना दिनरात मन तेतै

सम्झना दिनरात मन तेतै


चौरीको गोठमा दारको ठेकी,

घिउ झिक्नलाई मदानी

घिउ झिक्नलाई मदानी 

पेटलाई खोस्री आङलाई भाङ्ग्रो

घुरबिसे गोठालो सर्दा नि

घुरबिसे गोठालो सर्दा नि 


जाऊँ जाऊँ दोभाने सँगी छेतुमको मेलैमा

कालुम्गेमुनि घाँसदुबो चउर औँसीको बेलैमा

जाऊँ जाऊँ दोभाने सँगी छेतुमको मेलैमा

कालुम्गेमुनि घाँसदुबो चउर औँसीको बेलैमा

औँसीको बेलैमा


खोर्लाङको चुल्ठीमा पाखन्बेद, हणचुर,

चिराइतो, यार्सा, पाँच अमले

चिराइतो, यार्सा, पाँच-अमले

घारल, हाब्रे, मुनाल, नीलगाई

नाच्नलाई आउदैछन् अहिल्यै

गिताउन आउदैछन् अहिल्यै


कम्मर भाँचौं दोभाने सँगी छेतुमको मेलैमा

घुमौं हो घुमौं फेरा नै मारौं आगोको गोलैमा

कम्मर भाँचौं दोभाने सँगी छेतुमको मेलैमा

घुमौं हो घुमौं फेरा नै मारौं आगोको गोलैमा


जाऊँजाऊँ दोभाने सँगी छेतुमको मेलैमा

कालुम्गेमुनि घाँसदुबो चउर औँसीको बेलैमा

जाऊँजाऊँ दोभाने सँगी छेतुमको मेलैमा

कालुम्गेमुनि घाँसदुबो चउर औँसीको बेलैमा

जाऊँजाऊँ दोभाने सँगी छेतुमको मेलैमा

कालुम्गेमुनि घाँसदुबो चउर औँसीको बेलैमा

औँसीको बेलैमा

Last updated 1 year ago

Share this song:

More by Night

Similar Songs